केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले कम्युनिष्ट पार्टीको विकल्प धान्न सक्दैन : उपेन्द्र यादव

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२३, संघिय समाजवादी फोरमका उपप्रधानमन्त्री उपेन्द्र यादवले फोरम अब कांग्रेसको विकल्पको रुपमा स्थापित हुने बताएका छन । उनले मंगलबार पार्टी कार्यलयमा आयोजित स्वागत कार्यक्रममा यस्तो बताएका हुन ।

यादवले  पार्टी  निर्माण गर्न अत्यन्तै राम्रो अवसर प्राप्त भएको बताएका छन । उनले पार्टी बलियो बनाउदै कम्युनिष्ट पार्टीको विकल्पको रुपमा स्थापित हुने बताए । कार्यक्रममा यादवले आफूसँग तत्कालिन एमाले र त्यो भन्दा अघि पुष्पलाल समूहमा काम गरेकाहरु पनि सम्पर्कमा आएको र पार्टीमा धेरै मान्छेले प्रवेश गर्न खोजिरहेको दाबी पनि गरेका छन ।

उनले संविधान संशोधन गराउने शर्तमै आफु सरकारमा गएको बताएका छन । फोरम पार्टी अध्यक्ष समेत रहेका यादवले कांग्रेसले अब कम्युनिष्ट पार्टीको विकल्प धान्न नसक्ने ठोकुवा गरेका छन । कांग्रेस अब कम्युनिष्ट विकल्प हुन सक्दैन भन्ने धारणामा धेरै मान्छे पुगिसकेको  उनले बताए ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्