केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सांसदहरुका लागि दुईदिने तालिम सञ्चालन

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२३, यूएनडीपी (राष्ट्रसंघीय विकास कार्यक्रम) को सहयोगमा संसद सचिवालयले बुधबारबाट सांसदहरुका लागि दुईदिने तालिमको आयोजना गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई संसदको कानुनी प्रकृयाको बारेमा जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा तालिमको आयोजना गरिएको हो ।

कतिपय सांसदहरु नयाँ भएकोले उनीहरुलाई संसदीय कानुनी प्रकृयाको बारेमा जानकारी नहुन सक्छ । त्यस्ता संसदीय कानुनी प्रकृयाको विषयमा अनविज्ञ सांसदहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको संसद सचिवालयले जनाएको छ।

सांसदहरुलाई पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमन्त्री रमेश लेखक, पूर्वगर्भनर एवम् योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, तत्कालीन संविधानसभाका सदस्य एवम् प्राध्यापक लालबाबु प्रसाद यादव लगायतले तालिम दिनेछन् ।

तालिममा सांसदहरुलाई बजेट निर्माण प्रकृया, सांसदको नागरिकसँगको सम्बन्ध, वित्तिय अनुगमनमा सांसदको भुमिका, संविधान निर्माण, संसद सचिवालयको गठन र उद्देश्य, संघीय संसद र संसदीय अभ्यास, संसदमा विधेयक दर्ता हुनु अगाडिको कानुनी मस्यौदा प्रक्रिया, संसदमा विधेयक प्रस्तुत हुने प्रक्रिया, कानुन तर्जुमाको सैद्धान्तिक पक्ष, विधेयकको ढाँचा र अन्तरवस्तुको बारेमा जानकारी गराईने छ । तालिममा यूएनडीपीले प्राविधिक सहयोग गरेको छ भने आयोजनाका अन्य खर्च सरकारी बजेटबाटै गरिएको बताइएको छ ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्