केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुनर्निर्माण ढिलाइ गरेकोमा अर्थमन्त्री खतिवडा असन्तुष्ट

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२३ पुननिर्माणमा ढिलाइ गरेकोमा अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पुननिर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन । बुधबार निजी आवास पुनर्निर्माण सम्बन्धी समस्या समाधान गर्ने विषयमा बोल्दै उनले  भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुननिर्माणको काममा ढिलाई गरेकोमा राष्ट्रिय पुननिर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले विकास र समृद्धि सुशासनको लागि विपद् व्यवस्थापनको कामलाई सम्पन्न गर्ने दायित्व पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराएका छन ।

खतिवडाले काठमाण्डौँ उपत्यकाभित्रको निजी आवास पुननिर्माणको कामलाई सजिलो गरी अघि बनाउन प्राधिकरणलाई आग्रह गरेका छन । उनले जनप्रतिनिधिहरुलाई पुनर्निर्माणको काममा सक्रियतापूर्वक सहभागी हुन पनि आग्रह गरे ।

उनले एक वर्षभित्रमा काम सम्पन्न गरिसक्ने बताएका छन । खतिवाडाले सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अर्ब बजेट निजि आवास पुननिर्माणको लागि विनियोजन गरिएको बताएका छन ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्