केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विप्लव नेतृत्वका दुई कार्यकर्ता जेल चलान

सहयात्रा टिभी


धनकुटा । जेठ–२४,विप्लव नेतृत्वको कार्यकर्ता जेल चलान भएका छन । गत बैशाख ३० गते नेपाल बन्द भएको बेला मोहन प्रसाद ओझा र ध्यानबहादुर तामाङलाई नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा प्रहरीको गाडीमा ढुंगा हानेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई जिल्ला अदालत, धनकुटाले ३० हजार धरौटी तिर्नपर्ने निर्णय गरेको थियो । तोकेअनुसार धरौटी तिर्न नसकेपछि उनीहरु जेल चलान भएका हुन । जिल्ला अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य मोहन प्रसाद ओझा र ध्यानबहादुर तामाङलाई उक्त रकम बराबरको धरौटी मागेको थियो । उनीहरुलाई धरौटी तिर्न नसके चार वर्ष कारागारमा रहने जिल्ला कारागार प्रमुख छविलाल भण्डरीले बताएका छन ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्