केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघिय समाजवादी फोरम नेकपासंग एकता हुदैन: उपेन्द्र यादव

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२४, संघिय समाजवादी फोरमले नेकपासंग तत्काल एकीकरण नहुने बताएका छन । बिहिबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपासंग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन ।

नेकपासँग दुई बुँदे सहमति गर्दै फोरम सरकारमा गएसँगै दुई पार्टीबीच एकता हुन लागेको हल्ला चलेको उनले जानकारी दिएका छन । नेकपा र फोरम एकीकरण हुने भन्दै जनतालाई भ्रममा पार्न गरिएको आरोप पनि यादवले लगाएका छन ।

फोरमले यसमा सत्यता नरहेको भन्दै खण्डन गरेको छ । समान विचार सिद्धान्त भएका पार्टीसंग एकीकरण गर्न सकिने भनिएता पनि तत्काल सम्भाव नरहेको बताइएको छ । नेकपाका केही नेताहरुले फोरम नेपालसँग एकीकरणको तयारी भइरहेको बताइरहँदा फोरमको यस्तो स्पष्टिकरण आएको हो ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्