केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने नेपाली कांग्रेसको माग

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२४, प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेको छ । एउटै पार्टीका दुई जना बस्न नहुने भन्दै प्रतिपक्ष दलले राजीनामाको माग गरेको हो ।

सविधानले संसदमा एक भन्दा धेरै दलको प्रतिनिधि नभएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नुपुग्ने व्यवस्था गरेको छ । फागुन २६ गते तत्कालिन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए ।

सविधानको धारा ९१(२) मा सभामुख र उपसभामुख फरक राजनितिक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना सभामुख र उपसभामुख बस्न नहुने प्रतिपक्ष दल नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्