केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनताप्रतिको निष्ठापूर्वक जिम्मेवारी वहन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौँ । २९ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको लागि सरकारले आवश्यक जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभएको छ । साथै उहांले बर्तमान सरकार निष्ठापूर्वक लगावका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ” प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाँले कानूनअनुसार जनताको सेवा गरेर कर्तव्य पूरा गर्ने बताउनुभयो । सामाजिक न्यायमा आधारित सुदृढ राष्ट्रिय एकतामा मुलुकलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले विकासको बाटोमा सही नीति र कार्यक्रमका साथ सरकार अगाडि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले “सुशासनको बाटोबाट समृद्ध नेपाल र सुखी नेपालीको बाटोमा जाँनेमा ढुक्क हुन सवैसंव आग्रह पनि गर्नुभयो ।

जनतालाई सकारात्मक अधिकारको प्रत्याभूत गराउने सरकारको लक्ष्य भएकोले प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले स्वार्थ भन्दा माथि उठेर सामाजिक जिम्मेवारीपूर्वक भूमिका निर्वाह वहन गर्न पनि आग्रह गर्नुभयो ।

प्रकाशित : 12 June, 2018

प्रतिक्रिया दिनुहोस्