केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानका एक सैनिक अधिकारी नेपाल भ्रमणमा

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–५, नेपालका प्रधान सेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा पाकिस्तानका एक सैनिक अधिकारी नेपालको ५ दिने भ्रमणमा आएका छन् ।

पाकिस्तानी स्थल सेनाका चियरम्यान जनरल जुबाइर मोहम्मद हयात मंगलबार नेपाल भ्रमणका लागी काठमाण्डौं आएका हुन् ।

शुक्रबारसम्म नेपालमा रहने यी पाकिस्तानी सैन्य अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेट गर्ने कार्यक्रम छ । श्रीमतिसहित नेपाल आएका पाकिस्तानी सेना हयातले नेपालको पोखरा लगायतका विभिन्न धार्मीक र सांस्कृतिक स्थलहरुको भ्रमण गर्ने छन् ।

प्रकाशित : 19 June, 2018

प्रतिक्रिया दिनुहोस्