केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विनियोजन बजेटमाथि प्रतिनिधिसभामा छलफल

सहयात्रा टिभी

काठमाण्डौं । असार–१०, आज प्रतिनिधिसभामा विभिन्न मन्त्रालयको विनियोजित बजेटमाथि छलफल भएको छ । छलफलमा प्रतिनिधिसभामा सांसदहरुले जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

आइतबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल विद्युत प्राधिकरणले काममा ढिलासुस्ती गरेको भन्दै खारेज गर्न समेत माग गरे ।

त्यसैगरी सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राधा ज्ञवालीले जलविद्युत आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

छलफलमा सांसदहरुले सरकारले देशको विकास र संमृद्धिका लागी आवश्यक बजेट विनियोजन गर्न नसकेको भन्दै आलोचना र असन्तुष्टि व्यक्ति गरेका छन् ।

प्रकाशित : 24 June, 2018

प्रतिक्रिया दिनुहोस्