केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पिएरे नेपाल आउने

सहयात्रा टिभी

काठमाण्डौं । असार–१२, संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पिएरे आज नेपाल आउने भएका छन् । नेपालस्थित राष्ट्रसंघको कार्यालयका अनुसार उपसचिव पिएरे तीन दिने भ्रमणको लागी आज नेपाल आउने भएका हुन् ।

उनले संयुक्त राष्ट्रसंघले शान्ति स्थापनाको क्षेत्रका पछिल्लो समयमा चालेका कदम र निर्णयप्रति जानकारी गराउने छन् ।

नेपाल बसाइको क्रममा उपसचिव पिएरेले ठूला दलका शीर्ष नेताहरु, सैनिक र प्रहरीका अधिकारीहरुसँग भेटवार्ता गर्ने छन् । भेटवार्ताको क्रममा पिएरेले ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघ कार्यालयमा सन्चालित ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ लाई नेपाल सरकारले बन्द गराएकोप्रति चासो राख्ने अनुमान गरिएको छ ।

उपमहासचिव पिएरेले नेपाल सहित भारत, बंगलादेश र पाकिस्तानको पनि भ्रमण गर्ने नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ ।

प्रकाशित : 26 June, 2018

प्रतिक्रिया दिनुहोस्