केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बजेटमाथि उठेका प्रश्नहरुको आज १२ मन्त्रीहरुले जवाफ दिदैँ

सहयात्रा टिभी

काठमाण्डौं । असार–१३, विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको आज १२ विभागीय मन्त्रीले जवाफ दिँदैछन् । आज ११ बजेबाट प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी छलफलको क्रममा उठेका प्रश्नहरुको १२ विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् ।

आज संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभागीय मन्त्री त्यसैगरि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, गृह, स्वास्थ्य तथा जनसंख्या, र रक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसुचि रहेको छ ।

२०७५।७६ मा विनियोजित बजेटमाथि सांसदहरुको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्य मंगलबारबाट सुरु भएको हो । १४ गतेसम्म जारी रहने उक्त कार्यमा हिजो मंगलबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका थिए ।

बिहीबार प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेट शीर्षकमा उठेका प्रश्नमा प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले जवाफ दिनेछन्।

प्रकाशित : 27 June, 2018

प्रतिक्रिया दिनुहोस्