केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुननिर्माण अझै राम्रो बनाउँछौ : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौं । असार–१३, प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पपछिको पुननिर्माण कार्यलाई अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार हनुमान ढोकास्थित गद्धि बैठक भवन पुननिर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले अन्य विकास र पुननिर्माण कार्य पनि अब तिव्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले उक्त गद्धि बैठक भवनको पुननिर्माणको उद्घाटन गर्दै पुननिर्माणमा सहयोग गर्ने अमेरिकी सरकारलाई धन्यबाद समेत दिएका छन् । २०७२ सालको भुकम्पले क्षतविक्षत भएको नेपाललाई अमेरिकी सरकारले गरेको सहयोग अविश्मरणिय भएको र आगामी दिनहरुमा पनि अमेरिकाबाट यस्तै सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित : 27 June, 2018

प्रतिक्रिया दिनुहोस्