केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खेती योग्य जमिन प्लटिङ गर्न नपाउने नीति ल्याउँछौ : रक्षामन्त्री पोखरेल

सहयात्रा टिभी

काठमाण्डौं । असार–१५, सरकारले खेती योग्य जमिनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाउने नीति ल्याउने रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । धान दिवसको अवसरमा युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगले आयोजना गरेको धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले खेतीयोग्य जमीनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाउने नीति ल्याउने बताएका हुन् ।

युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगले आजदेखि तीनदिने श्रमदान कार्यक्रम शुरु गरेको छ । आज बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँबाट शुरु गरिएको उक्त कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेती योग्य जमिन बाँझो राख्न नहुने समेत बताएका छन् ।

साथै उनले युवाको उक्त अभियानको प्रसंशा गर्दै मुलुकभर कहाँ कति श्रमदान गरियो भन्ने विवरण समेत सार्वजनिक गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा मन्त्रीले नेपाल कम्युनिष्ट पार्टि र सरकार सँधै जनतासँग एकाकार हुने समेत बताए ।

धान रोपाइँमा श्रमदान गर्ने तीन दिने यो अभियानमा करिब ७०० स्थानमा धान रोपाइँका लागी श्रमदान गरिने युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले जनाए ।

प्रकाशित : 29 June, 2018

प्रतिक्रिया दिनुहोस्