केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसीको जीवन रक्षा गर्न आयोगको माग

सहयात्रा टिभी

काठमाण्डौं । असार–२१, विभिन्न माग राखि ५ दिन देखि अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगले सरकारसँग माग गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज प्रेस विज्ञिप्त जारी गरि स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा. केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गरि डा.केसीको जीवन रक्षा गर्न समेत माग गरेको छ ।

विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न नगराउनसमेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : 5 July, 2018

प्रतिक्रिया दिनुहोस्