केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपकुलपति कोइरालाको क्यानाडा भ्रमण रोकिएकोमा कांग्रेसको आपत्ति

सहयात्रा टिभी

काठमाण्डौं । असार–२४, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई सरकारले क्यानाडा भ्रमणमा रोक लगाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली टोलीको नेतृत्व गर्दै क्यानडामा आयोजित १७ औं संस्कृत सम्मेलनमा भाग लिन जान लागेका उपकुलपति कोइरालालाई शनिबार विमानस्थलमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

शनिबार क्यानडा जान लागेका उपकूलपति कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले प्रधानमन्त्रीले बोलाएको भन्दै बालुवाटार पुर्‍याएको थियो ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले निरंकुश शैलीमा उपकुलपति कोइरालालाई नियन्त्रण लिई क्यानडा जानबाट रोक लगाएको दावी गर्दै त्यसको कारण संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।

प्रकाशित : 8 July, 2018

प्रतिक्रिया दिनुहोस्