केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रीति भित्रको कुरीतिको अन्त्य आखिर कहिले हुन्छ ?

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : नेपालमा जात, भाषा, धर्म र संस्कारको आधारमा कुनै ठूलठूला युद्ध, कलह वा द्धन्द्ध नभए पनि आन्तरिक रुपमा सामाजिक स्तरमा जातिय विभेद अझै पनि हट्न भने सकेको छैन । अझै पनि तल्लो जातिले छोएको भनेर कुटपिट गरिएका घटना, अन्तरजातिय विवाह गरेको नाममा घरपरिवार र समाजबाट निकालिएका घटनाका समाचारमा आउन कम भएका छैनन् । जातिय विभेदका विरुद्धमा अनेकन नीति नियम बनाइए, अन्तरजातिय विवाह गर्ने जोडिलाई सरकारले पुरस्कारसमेत दिने व्यवस्था गरेको छ । तर समाज परिवर्तन गर्न बनाईएका नियम कानुन केवल पन्छिने बहाना मात्रै भएका छन्, कार्यान्वयनमा खासै कडाई देखिदैन ।
शिक्षित र पढेलेखेका बौद्धिक वर्गवाट नै जातीय विभेद पूर्ण रुपमा हट्न सकेको छैन । बाहिर जातिय विभेदविरुद्ध भाषण गर्ने, नारा लगाउनेहरु घरभित्र भने सानो र ठूलो जातको विभेद गर्छन नै । जातिय विभेद विरुद्ध नियमकानुन बनाउनेहरु तल्लो जातले पकाएको भनेर छिमेकीको घरमा गएर खान हिचकिचाउँछन् ।


समय तिव्र गतिमा परिवर्तन भईरहेको छ । विज्ञान र प्रविधिले संसार साँगु¥याइरहेको अवस्थामा पनि नेपाली परम्परावादीहरुको साँगुरो सोच भने कहिल्यै फराकिलो हुन सकेको छैन । त्यहि व्यक्तिले सिलाएको कपडा लगाएर जहाँ जहाँ पुगेपनि चोखो हुने तर त्यहि व्यक्तिलाई गर्ने सामाजिक व्यवहार भने फरक पाईन्छ । जुन व्यक्तिले बनाएको भाँडाकुँडामा पकाएर मिठो मानिमानि, स्वाद लिँदै खाना खाइन्छ त्यहि । रीति भित्रका कुरीतिहरुले गाडेको जरालाई हामीले पहिचान गरेर अझै उखेलेर फाल्न सकेका छैनौँ ।
सबैको शरिरमा बहने रगत उही, सबैको छालाको रङ उही, सबैलाई पिटे दुख्छ, सबैको मन उस्तै हुन्छ, थाहा छ तर पनि समाजको डरले, पल्लो घरकोले कुरा काट्ला, अर्को घरकोले के भन्ला भनेर एकले अर्काको डरमा नै समाजका यी रुढिबादी परम्परा परिवर्तन हुन सकेका छैनन् ।
बास्तवमा समाज र छरछिमेकसँग राख्ने सम्वन्ध, तादम्यता र परम्परालाई पछ्याउनु पनि आवश्यक हुन्छ । हामी आफु जस्तै अर्को मान्छे जो जन्मदा ठूला जात हुँ भन्नेहरु जसरी नै जन्मिएका हुन्छन र मर्दा पनि उनीहरु जसरी नै मर्छन भने उनीहरुलाई के को आधारमा विभेद गर्ने के को आधारमा सानो जात भन्ने ?
अझै पनि जातिय विभेद गरि सानो जातले छुन हुँदैन भन्नेहरुको ठूलो जमात छ हाम्रो समाजमा । ति नै वर्ग अस्पताल जाँदा आफुलाई चढाउने रगत पनि कुन जातको हो भनेर सोध्ने जमात पनि अझै हाम्रै समाजमा छन् 


जातको नाममा गरिने यी व्यवहार र विभेदको अन्त्य नभए सम्म सभ्य समाजको कल्पना गर्न सकिदैन । एउटा सभ्य र विकसित समाज निर्माणको लागी सामाजिक एकता चाहिन्छ । जुन एकता जातिय विभेदको अन्त्यपछि मात्रै प्राप्त हुन्छ । परिवर्तन हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने भावनालाई आत्मासाथ गरि परिवर्तन हामी आँफैबाट सुरुवात गर्नुपर्छ । नियम कानुनले त केवल समाजमा अपराधीलाई मार्न सक्छ, अपराध मार्न त नियम कानुन भन्दा बाहिरका उपायहरु अवलम्वन गर्नुपर्छ । समाजमा जनचेतना फैलाउने काम मुख्य हुन्छ । साथै, यस्ता रीति भित्रका कुरीतिको अन्त्य गर्न आवश्यक कदम चाल्न प्रत्येक मानिस र समाजलाई प्रेरित हुने काम गर्नु पनि उतिकै आवश्यक हुन्छ ।

यो पनि पढ्नुहोस् 

 https://sahayatratv.com/?p=23263

https://sahayatratv.com/?p=23288

प्रकाशित : 8 July, 2018

प्रतिक्रिया दिनुहोस्