केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्राफिक प्रहरी सडक प्रयोगकर्ताको सुरक्षित साझेदार : तर किन कठोर व्यवहार !

सहयात्रा टिभी

सहयात्राटीभी : विशेषतः ट्राफिक प्रहरी भन्ने बित्तिकै हाम्रो मस्तिष्कले कडा, रुखो बोलि बोल्ने, नियमकानुनका कुरा गरि सवारी चालकहरुलाई अनावश्यक दुख दिने, हरपल रिसाइरहेको अनुहारका ट्राफिकहरुको चित्र कोर्दछ । हुन पनि प्रायः ट्राफिक प्रहरीहरुले सवारी चालकहरुसँग बोलेको सुन्दा र देख्दा अभद्र र कडा व्यवहार नै सुनिन्छ र देखिन्छ पनि । तर प्राय ट्राफिकहरु किन यति कडा हुन्छन्, किन रुखो बोल्छन्, सवारी चालकहरुलाई सँधै किन अभद्र व्यवहार गर्छन् भन्ने कुराको पछाडिको वास्तविक कारण भने हामीले कहिलै बुझेनौ र बुझ्न पनि चाहेनौँ ।
दिनप्रतिदिन बढ्दो जनसंख्या र सवारी साधनको चाप, सँधै साँगुरा सडकहरुमा यातायात व्यवस्थापन गर्नु कति सम्म मुस्किल र कठिन कार्य हो भन्ने कुरा हामीले केवल बाहिरबाट देखिएको ट्राफिकहरुको अनुहार हेरेकै भरमा बुझ्न सकेनौँ ।


हामी केहि समयको लागी बाहिर निस्कनुपर्दा घाम, पानी, धुँवाधुलोबाट बच्न पुरै पूर्व तयारीका साथ निस्कन्छौँ । यति गरेर निस्कँदा पनि धुलो र धुँवाले सताएमा अझै सरकारले नै कहिल्यै केहि गरेन भन्न पछि पर्दैनौ । तर त्यहि धुलो धुँवा, घाम पानीमा प्रत्येक दिन १० देखि १६ घण्टासम्म खटिएर काम गर्ने ट्राफिक प्रहरीको अवस्था भने हामी बुझ्दैनौ र उल्टै नेपालका ट्राफिक कामै नलाग्ने भन्दै हिँड्छौ ।
दिनभरीको थकान, धुलोधुँवाको समस्या, घामको पोलाइ र पानीको रुझाइ सबै सहेर लामो समय सडक प्रयोगकर्ताहरुको सुरक्षित सहयात्री बनेका ट्राफिकहरु आँफै गल्ति गरेर वार्गेनिङ गर्ने सवारी चालकहरुसँग रुखो र कठोर व्यवहार गर्ने ट्राफिकलाई स्यावासी त दिन सकिदैन तर उनिहरुलाई यस्तो हुनुमा बातावरणीय र सामाजिक अनि मानविय क्रियाकलाप नै मुख्य कारक हुन भन्न सकिन्छ ।
ट्राफिक प्रहरीहरु सडक प्रयोगकर्ताको सुरक्षित साझेदार हुन् । हरेक समस्याका बाबजुत पनि राम्रो सेवा प्रदान गर्नु उनीहरुको योगदान नै मान्नुपर्छ । सिमित स्रोत साधनका बाबजुत पनि विना कन्जुस्याइँ सेवा गर्ने ट्राफिक प्रहरीको कामलाई हामीले पनि प्रशंसा गर्न जान्नै पर्छ ।
देख्दा सामान्य देखिने ट्राफिक प्रहरीको पेसा निकै जटिल पेसा हो । ट्राफिक प्रहरीहरुले हरेक दिन धुँवाधुलो, घामपानी सहेर सेवा प्रदान गरेका छन् नै चाडपर्वका समयमा घरपरिवार भन्न पाउदैनन् । चाडपर्वका बेलामा ट्राफिक प्रहरीले सेवा प्रदान गर्छ र त सुरक्षित महसुस गरि हामी ढुक्क भएर हिँड्न या यात्रा गर्न पाएका हुन्छौँ ।


सडकमा उभिएर आम नागरिकलाई सेवा प्रदान गर्ने ट्राफिकहरु आफु भने आवश्यक पर्दा थकान मार्ने ठाउँ समेत छैन, तिर्खा लाग्दा खानेपानी र दिसापिसाव लाग्दा जाने शौचालयको व्यवस्थासमेत ट्रफिकहरुको लागी छैन् । शौचालयको समस्यकै कारण अधिकाशं फिल्डमा खटिने ट्राफिकहरु पानी कम पिउँछन् । फलस्वरुप ५० प्रतिशत भन्दा बढि ट्राफिकहरु पथ्थरीको सिकार भएको पाइन्छ । धुलोधुँवा र घामपानीको कारण फिल्डमा खटिने ८० प्रतिशत भन्दा बढि ट्राफिकहरु स्वासप्रस्वास, टाउको दुख्ने, फोक्सोको समस्या, खोकी लाग्ने आदि समस्याले ग्रसित छन् । यी आन्तरीक समस्याबाहेक पनि मानवताको दृष्टिले हेर्ने हो भने फिल्डमा खटिएका ट्राफिकहरुको पोसाक र अनुहारबाटै उनीहरुको दयालाग्दो अवस्था झल्किएको देखिन्छ ।
नेपालमा एक जना ट्राफिकको भागमा १ हजार भन्दा बढि सवारी साधन पर्दछन् । एक व्यक्तिले यतिका सवारी साधन नियन्त्रण र व्यवस्थापन गर्नु कुनै सामान्य कुरा भने पक्कै होइन । जनसंख्या र सवारी साधनको चाप बढ्दै जाँदा त्यहि सिमित साधन र स्रोतको प्रयोग गरि सिमित ट्राफिकबाट व्यवस्थापन गरिनुपर्ने बाध्यता ट्राफिकहरुका लागी निकै जटिल छ । हाल नेपालमा लगभग ३५ सय ट्राफिक प्रहरी छन् ती मध्ये लगभग १५ सय ट्राफिक प्रहरी काठमाण्डौं उपत्यकामा खटिएका छन् । जुन संख्या निकै सिमित मानिन्छ ।

विश्वमा कम्प्युटर प्रविधिबाट ट्राफिक व्यवस्थापनको प्रणाली आइसक्दा पनि नेपालमा भने ट्राफिकहरु हात हल्लाएको भरमा सेवा प्रदान गर्नुुपर्ने अवस्था छ ।
हामी अरुबाट मानमर्यादा र सम्मानको अपेक्षा गर्छौँ त आफुले पनि अर्कोलाई सम्मान गर्न जान्नुपर्छ । जव हामी एकले अर्कोलाई सम्मान गर्छौ तब मात्र सम्मानको बदलामा सम्मान प्राप्त हुन्छ । हामीले ट्राफिक नियम पालना ग¥यौँ भने, ट्राफिकहरुसँग राम्रो व्यवहार ग¥यौँ भने र उनीहरुलाई दुख दिने कुनै काम गरेनौँ भने हामीले पनि ट्राफिकहरुबाट राम्रो व्यवहार अवष्य प्राप्त गछौँ । ट्राफिकहरुको जन्म कठोर र रुखो जन्मिएको पक्कै होइन, खाली उनिहरु यसो हुनुमा बातवरणीय, मानवीय कारणबाट नै यस्ता असभ्य जस्ता देखिएका हुन सक्छन् । तसर्थ, ट्राफिकहरुलाई सडक प्रयोगकर्ताहरुले सँधै नकारात्मक नजरबाट नहेरी सकारात्मक तरिकाले हेर्ने हो भने अवस्य पनि उनीहरुमा राम्रो पन भेट्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

 https://sahayatratv.com/?p=23263

https://sahayatratv.com/?p=23288

प्रकाशित : 8 July, 2018

प्रतिक्रिया दिनुहोस्