केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपकुलपति कोइरालाले अनुमति नलिएको खुलासा

सहयात्रा टिभी

काठमाण्डौं । असार–२५, संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले विदेश भ्रमणका लागि अनुमति नलिएको स्पष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले विज्ञप्ति जारी गरी उपकुलपति कोइरालाले क्यानाडा जान मन्त्रालयबाट अनुमति नलिएको जनाएका हुन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानूनबमोजिम सम्बन्धित तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान भएतापनि प्रा.डा. कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका हैसियतले कुलपति वा सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनुभएको छैन’, भनि उल्लेख गरिएको छ ।

क्यानडामा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै गरेका कोइरालालाई शनिबार साँझ विमानस्थलबाट फर्काइएको थियो ।

सरकारले कोइरालालाई विमानस्थलबाट अपहरणको शैलीमा पक्राउ गरि प्रधानमन्त्री निवास लगीएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गरिरहेको बेला मन्त्रालयले उपकुलपति कोइरालाले विदेश जान मन्त्रालयबाट अनुमति नलिएको खुलासा गराएको छ ।

प्रकाशित : 9 July, 2018

प्रतिक्रिया दिनुहोस्