केपी ओली प्रचण्ड माधव नेपाल एमाले


करोडौँको चल–अचल सम्पत्ति अलपत्र

सहयात्रा टिभी

काठमाण्डौं । असार–२६, जिल्ला कार्यालयका करोडौँ चल–अचल सम्पत्ति कहाँ कसलाई बुझाउने भनेर टुङ्गो नलाग्दा अलपत्र परेको छ । आगामी साउन १ गतेदेखि समायोजन हुने जिल्ला कार्यालयका करोडौँको चल–अचल सम्पत्ति कहाँ र कसलाई बुझाउने भन्नेबारे सरकारले स्पष्ट व्यवस्था नगरेपछि सम्पत्ति अलपत्र परेको हो ।

सम्पत्ति कहाँ र कसलाई बुझाउने भनि सरकारले ठोस निर्णय नदिँदा कर्मचारी अन्योलमा परेका छन् । जिल्लाका महिला तथा बालबालिका, पशु सेवा, कृषि विकास, जिल्ला प्राविधिक, घरेलु तथा साना उद्योग, भूसंरक्षण, तथ्यांक, पर्यटन, जिल्ला आयुर्वेदिक, जनस्वास्थ्य, नगर विकास समिति, खेलकुद विकास समितिलगायत कार्यालय, समिति, प्रतिष्ठान र आयोजना, परियोजनालगायत कार्यालय नयाँ आ.व.देखि स्थानीय सरकारमा समायोजन हुने भएका छन् ।

आफ्नै कार्यालय भवन हुनेलाई जटिल चिन्ताको विषय नबने पनि भाडामा सञ्चालित कार्यालयको सम्पत्ति भने कहाँ र कसलाई बुझाउने भन्ने अन्योल छ । कार्यालयका कम्प्यूटर, ल्यापटप, फर्निचर, सवारीसाधनलगायत करोडौँको सामग्री कार्यालयमा अलपत्र पर्ने अवस्थामा रहेका छन् ।

गत असार २१ गते महिला तथा बालबालिका विभागले निर्देशन कार्यान्वयन सम्बन्धमा पत्र पठाए पनि सामान स्पष्टरुपमा कसलाई बुझाउने भनेर लेखेको छैन ।

प्रकाशित : 10 July, 2018

प्रतिक्रिया दिनुहोस्