केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिंहदरबारबाहिर धर्ना बसेका मानवअधिकारकर्मी पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । असार–२६, सिंहदरबार बाहिर धर्नामा बसेका २५ मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै धर्ना बसेका अधिकारकर्मीहरुलाई धर्ना सुरु हुनासाथ प्रहरीले पक्राउ गरेको हो ।

आज  दिउँसो १ बजेबाट धर्ना सुरु गरिएको थियो तर धर्ना सुरु हुनासाथ प्रहरीले सबै अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित २५ जना रहेका छन् ।

धर्नामा मानवअधिकारकर्मीले स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पक्राउ पर्ने सबै अधिकारकर्मीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।

प्रकाशित : 10 July, 2018

प्रतिक्रिया दिनुहोस्