केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवेकशील साझा र नेपाली कांग्रेसद्धारा प्रधानमन्त्री ओलीलाई मार्सी चामल उपहार

सहयात्रा टिभी

काठमाण्डौं । असार–२८, आज विवेकशील साझा पार्टी र नेपाली कांग्रेसका नेताहरुद्धारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिने कार्यक्रमको आयोजना गरिएको छ ।  आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन आयोजना गरेर प्रधानमन्त्री ओलीलाई मार्सी धानको एक किलो चामल उपहार दिने कार्यक्रम आयोजना गरिएको हो ।

बुधबार साँझ नेपाली कांग्रेस र विवेकशील साझा पार्टीका नेताहरुको उपस्थितिमा भएको भेलाले यो निर्णय गरेको हो । उक्त भेलामा पेशागत र अधिकारकर्मी संगठनका अगुवाहरुले बैठक गरी ३ बुँदे सहमतिसहित सडकमा उत्रिने निर्णय गरेको हो ।

‘एलायन्स फर गोविन्द केसी’ ले आयोजना गरेको सो भेलाले विहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरी एक किलो मार्सी चामल प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको छ ।

भेलामा नेपाल बार एशोसिएसन, नेपाल प्राध्यापक संघ, चिकित्सक संघ, इन्जिनियर्स एशोसिएसन, नर्सिङ युनियनलगायतका पेशाकर्मी संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । भेलामा कांग्रेसनिकट विभिन्न पेशाकर्मी र मानवअधिकारकर्मीहरुको समेत सहभागिता थियो । भेलामा कांग्रेस नेता गगन थापा र विवेकशील साझा पार्टीका अध्यक्ष उज्ज्वल थापासहितका नेताको पनि उपस्थिति थियो ।

प्रकाशित : 12 July, 2018

प्रतिक्रिया दिनुहोस्