केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनशनरत डा. गोविन्द केसीसँग औपचारिक सम्वाद गर्ने तयारी

सहयात्रा टिभी

काठमाण्डौं । असार–३१, आमरण अनशनरत डा. गोविन्द केसीसँग सरकारी वार्ता टोली बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी गरिएको  छ । हाल सम्म केसीसँग अनौपचारिक सम्वाद मात्र भइरहेको अवस्थामा अब भने सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी गरिएको हो ।

सरकार र डा. केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अभिषेकराज सिंह लगायतसँग अनौपचारिक सम्वाद गरेका थिए । सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा. केसीलाई काठमाण्डौं आउन आहृवान गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

जुम्लामा १६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको अवस्थामा जुम्लामा आईसीयू नरहेको भन्दै डा. केसीलाई तत्काल काठमाण्डौं ल्याउनुपर्ने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

डा. केसीको स्वास्थ्य गम्भीर भए बल प्रयोग गरेर भएपनि काठमाण्डौं ल्याएर उपचार गर्ने सरकारको तयारी छ । वार्ता गर्न सकेमा डा. केसीलाई सजिलै काठमाण्डौं ल्याउन सकिने भएकाले वार्ताको लागी पहल भइरहेको सरकार पक्षको भनाइ छ ।

प्रकाशित : 15 July, 2018

प्रतिक्रिया दिनुहोस्