केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘जनतासँग प्रधानमन्त्री’ हिमालय टेलिभिजनबाट प्रशारण हुने

सहयात्रा टिभी

 

काठमाण्डौं । श्रावण–२, ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रम बुधबारबाट सुरु हुने भएको छ । प्रधानमन्त्रीसँग अन्तक्रिया गरिने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम हिमालय टेलिभिजन, नेपाल  टेलिभिजन र एबिसि टेलिभिजनबाट आज देखि एकै साथ प्रशारण हुने भएको हो ।

हरेक १५ दिनमा प्रशारण गरिने यो कार्यक्रम साँझ ९ बजे देखि १० वजे सम्म प्रशारण हुनेछ । यस कार्यक्रमको निर्माण कथा नेपालले गरेको हो भने कार्यक्रम प्रस्तोता एवमं निर्माता मनोजराज पाण्डे रहेका छन् ।

कार्यक्रम निर्माणमा अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जना जनशक्ति सहभागी हुने कार्यक्रम प्रस्तोता पाण्डेले जानकारी दिएका छन् । साथै कार्यक्रम संचालनका लागी लाग्ने सम्पूर्ण खर्च कथा नेपालले नै व्यहोर्ने बताइएको छ ।

कार्यक्रम निर्माताले उक्त कार्यक्रमको प्रोमो भिडियो सार्वजनिक गरिसकेको छ । प्रोमो भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली रोएको दृष्य पनि देखाइएको छ ।

प्रकाशित : 18 July, 2018

प्रतिक्रिया दिनुहोस्