केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तरुण दलले सरकारलाई तालासाचो बुझायो

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–७, नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आइतबार राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो ।

तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्काले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनजीविका र जारी भइसकेको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक नल्याएर जनताको स्वास्थ्यमाथि ताला लगाउन खोजेको आरोप लगाए ।

सोही कारण सरकारमाथि पनि आफूहरुले ताला लगाउन प्रमुख जिल्ला अधिकारीमार्फत ताला साँचो बुझाएको उनको भनाइ थियो । तरुण दलले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको जनाएको छ ।

प्रकाशित : 23 July, 2018

प्रतिक्रिया दिनुहोस्