केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कानुन मन्त्री तामाङले रुँदै दिए राजीनामा

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–८, कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

मन्त्रीले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने छात्राहरुले सर्टिफिकेट प्राप्त गर्न आफ्नो अस्मिता सुम्पनु पर्ने बाध्यता रहेको उनले बताएका थिए । उनले दिएको यस्तो अभिव्यक्तिले सम्पूर्ण बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुको चरित्र हत्या भएको भनि विवाद चुलिएपछि मन्त्री तामाङले राजीनामा दिन बाध्य भएका हुन् ।

मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा निकै भावुक भएका मन्त्री तामाङले राजीनामा घोषणा गरिरहँदा उनका आखाँहरु रसाइरहेका थिए ।

पत्नी उषाकला राईसँगै उपस्थित भएका मन्त्री तामाङले भने, ‘नेपाली नारीहरुप्रति सम्मान गर्छु, कोही पनि नारीमाथि हिंसा हुनुहुन्न भन्ने मान्छु ।’ महिलाहरुको हक अधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको उनले सुनाए । ‘जे विषयमा निरन्तर लागिरहेको हु्न्छ, त्यही विषयले लखेट्ने दिन पनि आउँदो रहेछ’ उनले भने ‘अरु कसैलाई यस्तो नपरोस् ।’

विवादास्पद अभिव्यक्तिको जताततै आलोचना भएपछि मन्त्री तामाङले माफी मागेका थिए । तर सरकार र पार्टीलाई बदनाम गरेको भन्दै सत्तारुढ दल नेकपाले मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएपछि अन्तत मन्त्री तामाङले राजीनामा दिएका छन् ।

प्रकाशित : 24 July, 2018

प्रतिक्रिया दिनुहोस्