केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रमुख प्रतिपक्षिदल कांग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–९, प्रमुख प्रतिपक्षिदल कांग्रेसले २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्नु पर्ने भन्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

बैठकमा नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जेल बैठक चल्न नसक्ने बताए ।

उनको भनाइसँगै कांग्रेसका सम्पूर्ण सदस्यहरुले उभिएर विरोध जनाएपछि साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।

प्रकाशित : 25 July, 2018

प्रतिक्रिया दिनुहोस्