केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा. केसीको अवस्था चिन्ताजनक

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–९, चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै २६ दिनबाट अनसनरत डा. गोविन्द केसीको अवस्था नाजुक बन्दै गएको छ । डा. केसीको उपचारमा संलग्न डाक्टरहरुले उनको शरीरमा सेतो रक्तकोषको कमी भई जुनै बेला पनि अचेत हुन सक्ने बताएका हुन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको निम्ति विभिन्न विषयमा माग राखि १५ औँ पटकको अनसनमा रहेका डा.केसीको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ । उनको शरीरमा रगतमा चाहिने पोल्सियम तत्व पनि कमि भएको डाक्टरहरुले बताएका छन् ।

चिकित्सकहरुले विज्ञप्ति नै जारी गरी डा. केसीको मुटुको धड्कनमा कुनै पनि बेला समस्या आउन सक्ने बताएका छन् ।डा. केसीको मुटुको चाल समेत अस्थिर रहेको  उनलाई उपचार गरिरहेका चिकित्सकहरुको भनाइ छ ।

दिनप्रतिदिन डा. केसीको अवस्था गम्भिर बन्दै जाँदा डा. केसीलाई बैशाखी बनाएर देशमा अराजकता समेत बढिरहेको छ, यसै अवस्थामा सरकार र डा.केसीविचको वार्ता  सहमतिमा पुग्न सकिरहेको छैन् ।

प्रकाशित : 25 July, 2018

प्रतिक्रिया दिनुहोस्