केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रमाणपत्र विवादमा धकेलियो प्रधानन्यायाधीश जोशीको अनुमोदन

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१३, प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय पछि धकेलिएको छ । प्रमाणपत्रमा फरकफरक तथ्याङ्क भेटिएपछि संसदीय सुनुवाइ समिति बैठक सोमबारका लागी सारिएको हो ।

अनौपचारिक छलफल जारी रहे पनि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक बोलाइने भएको छ। शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुनुवाई समितिका जेष्ठ सदस्य समेत एवम् सभापति लक्ष्मणलाल कर्ण, समिति सदस्य सांसद योगेश भट्टराई, स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रतिनिधि, सुमनराज प्याकुरेलसँग छलफल गरेपछि सनुवाइ समितिको बैठक रोकिएको थियो।

समिति स्रोतले भन्यो ‘विवादका विषयमा हामी पाएका आधार प्रमाण परीक्षणका क्रममा छौँ। समितिमा आज अनौपचारिक छलफलमात्र हुन्छ। निर्णयका लागि भोलि २ बजे बैठक बोलाउने तयारी भएको छ।’

समितिमा प्रधानन्यायाधीशले पेस गरेको प्रोग्रेस रिपोर्टमा विद्यालय तहको परीक्षाको विवरण संलग्न छ। विजय मेमोरियल स्कुलबाट २०२९ सालमा परीक्षा उतीर्ण गर्दाको रोल नम्बर ३६६७ रहेको छ। तर समिति सदस्हरुले उक्त रेकर्ड नमिलको थप तथ्य फेला परेको भन्दै थप छानबिनको पक्षमा छन्।

एकै व्यक्तिका एकै तहमा दुई प्रमाणपत्र भएको र दुबैमा रहेको परीक्षा रोल नम्बर एकै रहेको भन्ने मुख्य विवाद छ।

 

प्रकाशित : 29 July, 2018

प्रतिक्रिया दिनुहोस्