केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१३, राप्रपा प्रजातान्त्रिक पार्टि पनि सरकारविरुद्ध सडक आन्दोलनमा  उत्रिएको छ । सरकार विरुद्धमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सडक आन्दोलन थाले लगतै पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पार्टि पनि सडक आन्दोलनमा उत्रिएको हो ।

मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले बताए । उनले श्रावण १६ बाट राजधानीमा प्रदर्शन गरिने बताएका छन् ।

राप्रपा प्रजातान्त्रिकले प्रदेशस्तरीय सम्मेलन पनि गरिरहेको छ । संगठन विस्तार र सरकारका गतिविधिविरुद्ध जनमत निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन पनि गरेको छ ।

‘सरकार जनताको आकांक्षा बमोजिम अगाडि बढेको भान हुन सकेन, ‘त्यसकारण सरकारको सर्वसत्तावादी शैली, मंहगी, कर वृद्धि जस्ता गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको उपाध्यक्ष बोहोराले बताए ।

प्रकाशित : 29 July, 2018

प्रतिक्रिया दिनुहोस्