केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ठूला अस्पतालबाटै गरिन्छ मानव स्वास्थ्यमा लापरवाही

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१५,  राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो ।

विभागले अध्ययनका लागि उपमहानिर्देशक सफला श्रेष्ठको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य विभाग, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका प्रतिनिधि र विभागका चार जना प्राविधिकसहितको समिति गठन गरेको थियो । समितिले नमूनागत रुपमा छनौट गरी उपत्यकाका निजामती कर्मचारी अस्पताल, तिलगंगा आँखा अस्पताल, ग्राण्डी इन्टरनेशनल हस्पिटल र बयोधा अस्पतालमा स्थलगत अनुगमन गरेको थियो । अध्ययनका क्रममा चार अस्पतालमध्ये ग्राण्डी अस्पतालमा मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा रहेको र त्यो पनि नियमित सञ्चालन नभएको देखिएको उपमहानिर्देशक श्रेष्ठले बताए ।

निजामती अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र रहेको भएपनि बिग्रिएकाले हाल सञ्चालनमा छैन् । अस्पतालबाट निस्कने फोहर पानी सिधै ढलमा मिसाउने गरिएको देखिन्छ । तिलगंगा आँखा अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छैन् । अस्पतालबाट निस्कने फोहर पानी सार्वजनिक ढलमा मिसाउने गरिएको देखिन्छ । फोहर पानीको नमूना संकलन गरी प्रयोगशालामा पठाउँदा त्यसमा मापदण्डभन्दा बढी फोहर पाइएको प्रतिवेदनमा जनाइएको छ ।

सबै अस्पतालले फोहर निर्मलीकरणका लागि भने आवश्यक प्रशोधन उपकरण  राखिएको उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए। चारै अस्पतालले फोहर व्यस्थापनको जिम्मा हाउस किपिङ विभागअन्तर्गत गरेको देखिएको छ ।

अस्पतालहरुले फोहर जलाउँदा सरकारले तोकेको मापदण्ड अनुरुपको तापक्रममा जलाउने नगरेको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिए ।

प्रकाशित : 31 July, 2018

प्रतिक्रिया दिनुहोस्