केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

सहयात्रा टिभी

काठमाण्डौँ । श्रावण–१५, मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशभर प्रदर्शन गरेको हो ।

सरकार सर्वसत्तावादी भएको, महंगी बढेको सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, देउवा सरकारले विधिसम्मत गरेका नियुक्तिहरू गैरकानूनी तवरले खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विषय उठाउँदै कांग्रेसले देशब्यापी विरोध कार्यक्रम गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित हिंडेको ठहर गर्दै खवरदारी गर्न आज आन्दोलन गरिएको बताए । विरोध प्रदर्शनमा प्रधानमन्त्रीको राजिनामा समेत मागिएको छ ।

प्रकाशित : 31 July, 2018

प्रतिक्रिया दिनुहोस्