केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तत: गगन थापाले विद्यार्थीहरुसँग मागे माफि

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१६, बंगलादेशमा मेडिकल पढिरहेका छात्राका बारेमा आफुले दिएको अभिव्यक्तिले उनीहरुलाई चोट पुगेकोमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले माफि मागेका छन् । मंगलबार फेसबुक लाइभमार्फत थापाले आफ्नो उद्देश्य बंगलादेशमा पढेका डाक्टरहरुलाई चोट पुर्याउनु नभएको, तर आफ्नो अभिव्यक्तिले ती विद्यार्थीहरुमा चोट पुगेकोमा माफी मागेको बताएका हुन् ।

नेता थापाले फेसबुक लाइभमार्फत भनेका छन्, ‘जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ, मेरो कारणले तपाईहरुको आत्मसम्मानमा चोट पुगेको छ । यसले मलाई पनि दुःख लागेको छ ।’

उनले आफ्नो अभिव्यक्ति प्रति माफि मागेपनि बंगलादेशका धेरै निजी मेडिकल कलेजमा राम्रो पढाई नहुने अडान भने दोहोर्‍याएका छन् । थापाले केहि दिन अघि मात्र एक कार्यक्रमा बोल्दै बंगलादेशमा पढने ९० प्रतिशत नेपाली विद्यार्थी प्रमाणपत्र पाउने निश्चित भएपछि अध्ययन गर्न गएको दाबी गरेका थिए । आफुले भनेको अभिव्यक्ति कुन तथ्यको आधारमा भनिएको हो, स्पष्ट पार्न नसकेपछि कांग्रेस नेता थापाले गल्ति स्वीकारेका छन् ।

प्रकाशित : 1 August, 2018

प्रतिक्रिया दिनुहोस्