केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के तपाईं एसिडिटी(ग्याष्ट्रिक) बाट पिडित हुनुहुन्छ ? यसबाट बच्न यस्ता उपाय अपनाउनुस् !

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१७, एसिडिटी अर्थात ग्याष्ट्रिक नेपालको राष्ट्रिय रोग जस्तै भइसकेको छ । ग्याष्ट्रिकको समस्याबाट अलग रहेका नेपाली सायदै होलान । यो एक खानपिनको कारणबाट उत्पन्न हुने समस्या हो ।

आजभोली बद्लिदो जीवन शैली तथा खानपानका कारण थुप्रै नेपालीहरुलाई एसिडिटीको समस्या हुने गरेको छ । समयमा खाना नखानु र अस्वस्थकर खाना खानु नै यसको मुख्य कारण हो । बढी मात्रामा भोजन गर्नाले पनि मानिसलाई अपचको समस्या भई ग्याष्ट्रिक हुन सक्छ ।

अमिलो, पिरो, तारेको, पोलेको लगायत अत्याधिक मसलाको प्रयोग गरिएको खानाको सेवनले पनि मानिसलाई एसिडिटीको समस्या हुने गर्छ भने मानिसहरुले आवश्यक अनुसारको पानी नपिउनाले पनि एसिडिटी हुने गर्छ । बासी खाना, दूध हालेको चिया, कफी पनि एसिडिटीको अर्को कारण हो ।

एसिडिटी भएमा निम्न लक्ष्यणहरु देखा पर्दछ :

१. अचानक डर लाग्नु,
२. सास लिनमा समस्या उत्पन्न हुनु,
३. पेट दुख्ने वा जलन हुने,
४. पेट फुल्ने,
५. मुखमा अमिलो पानी आउने,
६. वान्ता हुने,
७. भोक नलाग्ने र खान मन नलाग्ने,
८. अमिलो डकार आउने,
९. छाती पोल्ने,

एसिडिटी(ग्याष्ट्रिक) बाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ :
१० नियमित खानाको तालमेत मिलाउने,
२० विहान खाली पेटमा मनतातो पानीको सेवन तथा नेपाली लसुुनको प्रयोग गर्ने,
३० सम्भव भएसम्म दैनिक नरिवल पानीको सेवन  गर्ने,
४० आवश्यक भन्दा कम खाना खाने, राती सुत्नु अगाडी मन तातो दूधको सेवन गर्ने,
५० खाना खादाँ चपाएर खाने, समय समयमा खाना खाने, राती सुत्नुभन्दा करिब तीन घण्टा अगाडी खानाको सेवन गर्ने,
६० यसको विरामीले अदुवा, तथा कागतीको रसमा मह मिसाएर पिउने,
७० दुधमा बेसार मिलाएर तथा ज्वानोमा वीरे नुन, लसुन, बेसार, हिंग मिसाएर पिउनाले एसिडिटीबाट हुने पिडा कम गराउन सकिन्छ ।

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्