केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के गर्भवती हुनुहुन्छ ?ख्याल गर्नुस, प्रदुषित वायुले बच्चा अपाङ्ग जन्मन सक्छ

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२०, वातावरण र हावापानी प्रदुषित भएमा मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि समस्याहरु देखापर्दछन् । प्रदुषित वायुले मानिसमा स्वास्प्रस्वास तथा आँखाको समस्याका साथै क्यान्सर समेत हुने सम्भावना हुन्छ ।

वायु प्रदुषणले यति मात्र नभएर गर्भमा रहेको बच्चालाई समेत नकारात्मक असर पुग्दछ । प्रदुषित वायुमा गर्भमा हुर्किएको बच्चा अपाङ्ग हुने सम्भावना बढि देखिन्छ ।

प्रदुषित वातावरणको कारणले गर्दा बच्चाहरु अवधि नपुग्दै जन्मने, तौल कम हुने र अपाङ्ग हुने सम्भावना बढि देखिन थालेको छ । वायु प्रदुषणकै कारण गर्भबाट नै बच्चाहरु रोगी जन्मने र जन्मिसकेपछि पनि अनेक समस्याहरु देखा पर्ने हुन्छ । विभिन्न अध्ययनले नै प्रदुषित वातावरणबाट गर्भवती महिला र बच्चा दुवैमा खतरा हुने देखाएको छ ।

चीनमा २००८ मा भएको एक अध्ययनले वायुप्रदुषणले गर्भको बच्चाको तौल कम भएको पुष्टि गरेको छ । सो अध्ययन अनुसार बच्चा जन्मिने बित्तिकैको बजन २ किलो ५ सय ग्राम देखि ४ किलोग्रामसम्म हुने गरेकोमा वायुप्रदषणले गर्दा सो तौलमा औषत कम भएको र वायुमा सामान्य सुधार आउने बित्तिकै २२ देखि २५ ग्राम बृद्धि भएको पाइएको छ ।

गर्भवती महिलाहरु गर्भको अन्तिम ३ महिनाको समयमा सडक छेउ वा गाडिको धुँवा तथा हावामा  बस्नाले सो गर्भको सन्तानमा पछि अटिज्म देखिन सक्ने सम्भावाना बढि रहेको अध्ययनहरुले देखाएको छ ।

अटिज्म भन्नाले बच्चाहरु हेर्दा अन्य बच्चा जस्तै देखिएपनि उनीहरुमा सामाजिक र मानसिक वृद्धि विकास कम हुने र अन्य बच्चाको तुलनामा फरक देखिने हुनु हो साथै यो रोग लागेका बच्चाहरुमा ठूलो भएसम्म पनि बच्चाको जस्तै स्वाभाव हुने गर्दछ ।

गर्भवतीहरुमा वायु प्रदुषणले दम वा श्वासप्रश्वासको समस्या बढाउने, गर्भ तुहाउने, उच्चरक्तचाप गराउने तथा गर्भको अवधि नपुग्दै व्यथा लाग्ने र बच्चा जन्मिने जस्ता समस्याहरु गराउन सक्ने हुन्छ । यसरी जन्मिएका बच्चाहरुमा समेत दमको समस्याले पिरोल्न सक्छ ।

हामीले आफ्नो लागी मात्र नभएर आगामी दिनमा जन्मने बच्चाहरुको लागी पनि वातावारणको सफाइमा ध्यान दिनु पर्ने हुन्छ । गर्भमा रहेको बच्चालाई शकुसल जन्म दिनका लागी गर्भवती महिलाले प्रदुषित वातावारणबाट आफुलाई जोगाउनु पर्छ ।

प्रकाशित : 5 August, 2018

प्रतिक्रिया दिनुहोस्