केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपाका अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको मिति तय

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को भारत र चीन भ्रमणको मिति तय भएको छ । अध्यक्ष प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण र असोज १ बाट साता व्यापी रुपमा चीन भ्रमण गर्ने निश्चित भएको हो ।


पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भारत भ्रमणका क्रममा द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् ।
भारत भ्रमणमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहितका उच्च नेतृत्वसँग भेट गर्ने स्रोतले जनाएको छ ।

गत जेठमा प्रचण्डले विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन निम्तो दिएको पनि बताएका थिए । त्यसबेला नै प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि बताएका थिए ।

त्यसबाहेक प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।

साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको लागी निमन्त्रण दिएका थिए ।

प्रकाशित : 10 August, 2018

प्रतिक्रिया दिनुहोस्