केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिलाको डिम्वाशयमा ट्युमरको समस्या बढ्दै

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२७, आजभोलि प्रजनन् क्षमता भएका महिलाहरुमा ट्युमरको समस्या बढ्दै गएको पाइन्छ । डिम्वाशयमा पलाउने यस्तो ट्युमर सानो मटरको दाना जत्रो पनि हुन सक्छ र ठूलोमा गर्भवती जस्तो देखिने गरिको ठूलो पनि हुनसक्छ । यस्तो ट्युमरको कारणले महिलाहरुलाई अत्याधिक पेट दुख्ने र रक्तश्राव हुने जस्ता समस्या देखा पर्दछन् ।

डिम्वाशयमा देखिने ट्युमर पनि विभिन्न प्रकारका हुन्छन् । महिलाहरुको डिम्वाशयमा एन्डोमिट्रियोटिक ट्युमर, पोलिसिस्टिक ओभेरियन डिजिज, डर्माइड ट्युमर, जर्म सेल ट्युमर र अन्य क्यान्सरहरु देखिने गर्दछ ।

एन्डोमिट्रियोटिक ट्युमरमा रगत भरिएको हुन्छ । डिम्वाशयको यस्तो ट्युमरको कारण लामो समयसम्म पेट, कोख दुख्ने गर्छ । साथै यसको कारण महिलाहरुमा बाँझोपना र यौनसम्पर्कको समयमा दुखाईको समस्या उत्पन्न हुन सक्छ । एन्डोमिट्रियोटिक ट्युमरको उपचार समुचित रुपमा ल्याप्रोस्कोपिक विधिले गरिन्छ ।

पोलिसिस्टिक ओभेरियन डिजिज नामक ट्युमरको समस्या धेरैजसो युवा अवस्थाका वा कम उमेरका महिलाहरुमा देखिन्छ । यो समस्याबाट ग्रसित महिलाको अनुहार स्तन र पिठ्युमा पुरुषको जस्तै रौंहरु पलाउन सक्छ भने महिनावारी पनि अनियमित हुन्छ । यस्तो ट्युमरलाई सामान्य रुपमा खानपान, व्यायाम र आयुर्वेदिक औषधिहरुले उपचार गर्न सकिन्छ ।

डर्माइड ट्युमर विशेष गरेर प्रजनन् क्षमता भएका कम उमेरका महिलाहरुमा देखा पर्दछ । यस्तो समस्याले गर्दा महिलाहरुमा अत्याधिक मात्रामा पेट दुखाइ हुन्छ । यस्तो ट्युमरको उपचार लेप्रोस्कोपिक विधिले गर्न सकिन्छ ।
जर्म सेल ट्युमर युवतीहरुमा धेरै हुन्छ । यसले भविष्यामा बाँझोपनाको समस्या पैदा हुन सक्छ । यस्तो क्यान्सर हुन सक्ने ट्युमरलाई ल्याप्रोस्कोपिक ब्यागमा राखेर निकालिन्छ ताकी क्यान्सर दोस्रो भागमा फैलन नसकोस् ।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्