केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतका पूर्वप्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि अपराह्न ४ बजे

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१, भारतीय पूर्वप्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको निधन भएको छ। लामो समयदेखि उपचार गराइरहेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार साँझ ५ः०५ बजे नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा निधन भएको हो ।

मिर्गौला, मूत्र प्रणालीमा संक्रमण, पिसाब कम आउने र छातीमा रगत जम्‍ने रोगबाट ग्रसित उनी जुन ११ देखि अस्पतालमा भर्ना थिए। उनलाई बिर्सने रोग डिमेन्सिया पनि थियो।
वाजपेयी भारतमा तीन पटक सम्म प्रधानमन्त्री भइसकेका छन् । उनी देशको सक्रिय राजनीतिमा पाँच दशकभन्दा धेरै समय सक्रिय रहे । उनी भाषण र कविताद्वारा श्रोतालाई मुग्ध पार्न सफल व्यक्ति थिए ।

उनले सन् २००५ मा सक्रिय राजनीतिबाट सन्न्यास लिएका थिए । त्यसपछि उनले घरमा आराम गर्दै आएका थिए ।

वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर कृष्ण मेनन मार्गस्थित उनको निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ भने उनको अन्त्येष्टि अपराह्न ४ बजे गरिने बताइएको छ ।

वाजपेयीको अन्त्येष्टिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

प्रकाशित : 17 August, 2018

प्रतिक्रिया दिनुहोस्