केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतै तपाईंको पनि मिर्गौला खराब भएको छ कि ! जान्नुहोस् यसका लक्षण र बच्चने उपायहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१, नेपालमा बर्षेनि हजारौँ मानिसहरुको मिर्गौला रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । बढ्दो जीवनशैली र खानपानमा गरिने लापरबाहिले गर्दा मिर्गौलाको समस्या हुनेहरुको संख्या बढ्दै गएको हो । हाम्रो खानपानले सबैभन्दा बढि मिर्गौलालाई नै प्रभावित गर्ने गर्छ । मिर्गौलामा नकारात्मक प्रभाव परेपछि मिर्गौलाले राम्रोसँग रगत फिल्टर गर्न नसकि शरिरका विषाक्त पदार्थहरु एकै ठाउँमा जम्मा हुने गर्छ । फलस्वरुप मिर्गौला लगायत हाम्रो शरिरका अन्य अंगहरुमा समेत असर पर्न जान्छ ।

मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ।
मानिसमा मिर्गौला रोग अनेक कारणले लाग्न सक्छ । यसको पहिचान गर्न निकै जटिल हुन्छ । हत्तपत्त मिर्गौला रोगका लक्षयणहरु नदेखिन सक्छन् ।

मिर्गौला फेल हुनुको मुख्य कारण मध्ये उच्च रक्तचाप पनि एक हो। रक्तचाप नियन्त्रण भएन भने पनि यसले मिर्गौलामा गम्भीर असर गर्छ र दुवै मिर्गौला फेल हुन सक्छन्।

मिर्गौलामा पत्थरी भएमा पनि यसले मिर्गौलाको नियमित काममा बाधा पुर्‍याउँछ र मिर्गौलामा समस्या देखिन सक्छ ।
मधुमेह पनि मिर्गौला खराबीको कारण बन्न सक्छ । मधुमेह नियन्त्रणमा आउन नसके यसले साना रक्तनलीलाई खराब गर्छ। यसले विस्तारै आँखा, मुटु, मस्तिष्क लगायतका अङ्गमा असर पुर्‍याए जस्तै मिर्गौलालाई पनि खराब गर्छ।

मिर्गौला रोगका लक्षणहरु निम्नानुसार छन् :

–बारम्बार पिसाब लाग्नु, रातमा अझ बढी पिसाब लागिरहनु,

–पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु,

– आँखाको डिल सुन्निनु,

–खानामा रुची घट्दै जानु,

–शरीर दुब्लाउँदै जानु,

–दुवै तर्फका कोखाहरु दुख्नु,

–मुखबाट गन्ध आउने, छालाको समस्या, रक्तअल्पता र कमजोरी महशुस हुनु,

–सास फेर्न गार्हो हुनु,

–थकाइ लाग्नु, खुट्टा सुन्निनु आदि ।

निरोगी मानिसहरुले पनि समय समयमा अर्थात वर्षको एक पटक अनिवार्य मिर्गौलाको परीक्षण गराउनु पर्छ । मिर्गौला रोग लाग्ने सम्भावना भएका मानिसहरु जस्तै उच्च रक्तचापका रोगी, मधुमेहका रोगीले मिर्गौलाको परीक्षण गराइरहनु पर्ने हुन्छ । उमेर बढ्दै जाँदा यसको समस्याले सताउने सम्भावना पनि बढ्दै जाने भएकाले लगभग ३० वर्ष कटेपछि भने निरोगी व्यक्तिले पनि समय समयमा आफ्नो मिर्गौला, रक्तचाप परीक्षण गराइरहनु बुद्धिमानि हुन्छ ।

मिर्गौला रोग लाग्न नदिनलाई खानपानमा विशेष ध्यान दिनुपर्छ । साथै जीवनशैली पनि निकै स्वस्थकर बनाइराख्नुपर्छ । माथि उल्लेख गरिएका मध्ये कुनै पनि लक्षण देखापरेमा तुरुन्तै परीक्षण गराउनु पर्छ । यदि मिर्गौलामा खराबि देखिएमा डाक्टरको सल्लाह अनुसार तुरुन्तै उपचार प्रक्रियामा जानु पर्छ ।

प्रकाशित : 17 August, 2018

प्रतिक्रिया दिनुहोस्