केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बृहत निःशुल्क स्वास्थ्य शिबिर–२०७५ सम्पन्न, ४ सय बढिको निशुल्क स्वास्थ्य परिक्षण

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–४, शनिबार सामुदायिक सेवा समिति काठमाण्डौं महानगरपालिका वडा नं. १० को कार्यालय, लाखेचौर नयाँ बानेश्वरमा बृहत निशुल्क स्वास्थ्य शिबिर–२०७५ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । टोल नं.६ का संयोजक कल्याण अधिकारीको संयोजकत्वमा ‘टोल टोलमा प्रहरी अभियान’ अन्तर्गत बृहत निशुल्क स्वास्थ्य शिबिर–२०७५ कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त निशुल्क स्वास्थ्य शिबिर कार्यक्रममा १२ सय भन्दा बढि मानिसहरुको उपस्थिती रहेको थियो । स्वस्थ्य शिबिरमार्फत चार सय मानिसहरुले निशुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रमुख अतिथि सभासद दीपेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो । त्यसैगरि काठमाण्डौं महानगरपालिका वाड नं. १० का वडा अध्यक्ष राम कुमार के.सी, महानगरीय प्रहरी बृत प्रमुख, प्रहरी नायब उपरीक्षक गोविन्द राज काफ्ले, सामुदायिक सेवा समिति काठमाण्डौं महानगरपालिका वडा नं. १० का पदाधिकारीहरु, बुद्धिजिविहरु तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

प्रकाशित : 20 August, 2018

प्रतिक्रिया दिनुहोस्