केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नास्पाती स्वादिलोका साथै स्वास्थ्यका निम्ति फाइदाजनक

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–४, नास्पाती नचाख्ने मानिस सायदै होलान । यो सस्तो, स्वादिलो र सर्वत्र प्राप्त हुने एक लोकप्रिय फल हो । हामी यसलाई मिठो मानिमानि खाने गर्छौ । तर यसको फाइदा भने कमैलाई थाहा होला । यसले हाम्रो शरिरमा केकस्तोे फाइदा गर्छ भन्ने थाहा पायौँ भने यसको महत्व हामी माझ अझ बढ्न सक्छ ।

नास्पातीबाट भिटामिन ए, बी १, बी २, फोलिक एसिड लगायतका तत्वहरु प्राप्त गर्न सकिन्छ । त्यसैगरि नास्पातीमा पोटासियम, कपर, फोस्फोरस लगायतका खनिज पदार्थ पनि पाइन्छ ।

 

नास्पातीबाट हुने फाइदाहरु

–वजन घटाउन : नास्पातीमा क्यालोरीको मात्रा कम हुने गर्छ । वजन कम गर्न चाहनेहरुको निम्ति यो फल निकै लाभदायक हुने गर्छ । नास्पातीमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले यसले भोक कम लगाउँछ ।
–कोलेस्ट्रोल घटाउन :  नास्पातीमा पेक्टिनको मात्रा उच्च हुन्छ । यसमा भएको पेक्टिन र फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । नास्पातीको बोक्रामा समेत पेक्टिन पाइने हुदाँ नास्पातीको सेवन गर्दा बोक्रा नफाली सेवन गर्नु राम्रो मानिन्छ ।
–बाझोपन हटाउन : नास्पातीमा विभिन्न किसिमको भिटामिन तथा मिनरल्स पाइन्छ । नियमित रुपमा नास्पातीको सेवन गरेर शरीरको प्रतिरोधी क्षमतालाई मजुबत बनाई बाझोपनाको समस्या कम गर्न सकिन्छ ।
–पेट सम्बन्धि समस्या हल गर्न : फुड प्वाइजनिङ्ग भएमा वा भाइरस , व्याक्टेरिया वा परजिवीको सम्पर्कमा आएमा पेट दुख्ने गर्दछ । जसका कारण मानिसलाई वाकवाकी लाग्ने तथा वान्ता हुने गर्दछ । यस्ता समस्या कम गर्नका लागि पनि नास्पातीको सेवन गर्न सकिन्छ ।

–अमिलो पानी कम गर्न : छाती पोल्ने समस्या, अमिलो पानी, तथा अपचको समस्या भएमा नास्पातीको सेवन राम्रो मानिन्छ । यसले पेटमा रहेको एसिडलाई सोसेर अमिलो पानी आउनबाट जोगाउँछ ।
–कब्जियत कम गर्न : नास्पातीमा पेक्टिन हुन्छ, जसले कब्जियत हुन दिँदैन । कब्जियत भएमा नास्पातीलाई सिधै अथवा जुसको रुपमा प्रयोग गरि समस्या समाधान गर्न सकिन्छ ।

प्रकाशित : 20 August, 2018

प्रतिक्रिया दिनुहोस्