केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छाडे सरकारी निवास

सहयात्रा टिभी

एजेन्सी । भदौ–५, पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले सरकारी निवास छाडेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको बताउँदै प्रधानमन्त्री खान सोमबारबाट प्राधानमन्त्री निवास छाडेर तीन कोठा भएको सामान्य घरमा बस्न थालेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा हाल ५ सय २४ कामदारहरु थिए भने प्रधानमन्धीसँग ३३ बुलेटप्रुफ कार, हेलिकप्टर र जहाज पनि छ । प्रधानमन्त्री खानले अब भने आफुसँग २ जना मात्र कामदार राख्ने र कारहरू लिलामीमा बेच्ने घोषणा गरेका छन्।

खानले दुइवटा गाडीबाहेक सबै लिलामी हुने भएकाले व्यापारीलाई ती गाडी किन्न निमन्त्रणा गरेका छन् । उनले सबै गभर्नर निवाससहित सरकारी भवनलाई जति सकिन्छ सामान्य बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित : 21 August, 2018

प्रतिक्रिया दिनुहोस्