केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घरमा मनि प्लान्ट मनि आर्जनलाई मात्र होइन, यस्ता छन् वास्तुशास्त्र अनुसार यसका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–७, मनि प्लान्ट घरमा वा घरको कोठा भित्र समेत रोप्न मिल्ने एक वनस्पित हो । यसले घरको सोभा बढाउन मद्यत गर्छ । यसका साथै अधिकांश मानिसहरुले मनि प्लान्ट मनि अर्थात धन आर्जनको लागी घरमा लगाउने गर्छन् । यो विरुवा एक लहरे जातिको विरुवा हो । यो जति जति हुर्कदैँ र फैलदैँ जान्छ त्यति नै घरमा धर्न आर्जन बढ्दै जाने जनविश्वासले नै यसको महत्व बढ्दै गएको पाइन्छ । तर यो वनस्पति केवल धन आर्थनको लागी मात्र नभएर वास्तुशास्त्र अनुसार अन्य धेरै तरिकाबाट लाभदायक छ ।

वास्तुशास्त्र अनुसार यसका केहि फाइदाहरु यसप्रकार छन् :

–सकारात्मक उर्जाको लागी : घरभित्र मनि प्लान्ट लगाउनाले घरका सम्पूर्ण सदस्यहरुमा सकारात्मक भावनाको विकास हुन्छ । नकारात्मक सोच उत्पन्न हुन सक्दैन् । यसले घरभित्रको वातावरण हरियाली बनाउनुको साथै घरका सम्पूर्ण सदस्यहरुलाई स्वस्थ राख्न समेत मद्यत पु¥याउँछ ।

–दाम्पत्य जीवनमा सुख : मनि प्लान्टले नव विवाहित जोडिको सम्बन्ध मजबुत बनाउन मद्यत गर्छ । यदि उनीहरुविचमा मनमुटाव भए पनि त्यो केहि समयमा नै समाधान हुन्छ । तर विवाहित जोडिले घरभित्र मनि प्लान्ट लगाउँदा पूर्व–पश्चिम दिशा पारेर भने लगाउनु हुँदैन् ।

–धन आर्जनमा सहयोग : मनि प्लान्टको मुख्य विशेषता नै मनि वा धन आर्जन गर्नु हो भन्ने मान्यता रहेको छ । यहि मान्यताले नै मानिसहरुले घरमा मनि प्लान्ट लगाउने गर्छन् । मनि प्लान्टका पातहरु जति बढि र गाडा हरिया भए, यो जति फैलदै गयो त्यति नै बढि धन आर्जन हुने विश्वास रहेको छ ।

–तनावरहित वातावरणको लागी : बैज्ञानिक मान्यता अनुसार मनी प्लान्ट घरभित्र कम्प्युटर टेबुल, टेलिभिजनसँगै वा भान्छा कोठामा लगाउनाले मानसिक समस्याबाट मुक्ति मिल्दछ । मनी प्लान्टले डिप्रेशन, तनाव र चिन्ता आदिबाट मुक्ति दिन्छ ।

–घरभित्रको हावा शुद्धिकरणका लागी : मनि प्लान्टले हावालाई शुद्धिकरण गर्न मद्यत गर्ने कुरा वैज्ञानिकहरुले परिक्षण गरि पत्ता लगाइसकेका छन् । मनी प्लान्टले हावामा पाइने वोलाटाइल आर्गेनिक कम्पाउण्डलाई हावासँग फिल्टर गर्न मद्दत गर्दछ । जसले हावालाई शुद्ध बनाउँछ । यसले निन्द्रा नलाग्ने समस्या छ भने त्यसको पनि समाधान गर्न मद्यत गर्छ । मनि प्लान्ट सुत्ने कोठामा लगाउनाले निन्द्रा नलाग्ने समस्या समाधान हुन सक्छ ।

प्रकाशित : 23 August, 2018

प्रतिक्रिया दिनुहोस्