केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतै पेटमा जुका त परेको छैन् !!थाहा पाइराख्नुस् यसका लक्षण र बच्ने उपायहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–८, जनावर तथा मानिसको पेटमा खाना वा पानिको माध्यमबाट जुकाका फुलहरू पुग्दछन र पेटभित्र यिनीहरूको विकास हुन्छ । शरीरमा खानाबाट पाइने पौष्टिक तत्व खाएर यिनीहरू बढ्न थाल्दछन् । शरिरमा जुका परेपछि जुका परेको व्यक्ति वा पशुहरु विस्तारै दुब्लाउँदै जान्छन् किनकी उनीहरूको शरीरका लागी चाहिने पौष्टिक तत्व जुकाले खान थालेको हुन्छ ।

सरसफाइको कमी, दुषित तथा बासि सडेगलेका खाना, दुषित पानी आदिका कारणबाट मानिसको पेटमा जुका पर्न सक्छ । विशेष गरेर पेटमा पर्ने जुका केटाकेटीहरुमा बढि देखिन्छ भने यसले ठूला मानिसहरुलाई समेत सताउने गरेको पाइन्छ ।

विशेषत मानिसहरुको फोहोरी क्रियाकलापहरुबाट नै जुकाले संक्रमण गर्न सक्छ ।
नङ टोक्ने, हात राम्रोसँग सफा नगरी खाने, भुइँमा झरेको टिपेर सफा नगरी खाने, सलादलाई नपखाली खाने गरे जुका पर्छ ।
त्यस्तै, नाक कोट्याउने, औँला मुखमा हालिराख्ने, माटो खाने, मासुलाई राम्रोसँग नपकाई खाने, बढी गुलियोको प्रयोग गर्ने बानीले पनि जुका पर्ने सम्भावना बढि हुन्छ ।

मानिसको पेटमा जुका परेमा यस्ता लक्षणहरु देखापर्छन् :

१) पेट दुख्ने, पखाला लाग्ने,
२) वाकवाक लाग्ने, वान्ता हुने
३) ज्वरो आउने
४) दुब्लाउँदै जाने, अनुहार पहेँलो देखिने
५) मलद्वार चिलाउने
६) भोक लागिरहने
७) ओछ्यानमा पिसाब गर्नु, पिसाब सेतो भएर जम्नु
८)जिउ भारी हुनु, हातखुट्टा चिसो हुनु आदि

पेटमा पर्ने जुका सर्वप्रथम त पर्न नदिनु राम्रो हुन्छ । यदि जुका परि हाल्यो भने पनि समयमा नै उपचार गर्ने र रोकथाम गर्नु पर्छ । यदि जुकालाई ध्यान नदिएर पेटमा पालिरहँयौ भने यसले स्वास्थ्यमा निकै खतरा निम्त्याउँछ । यसले अन्य रोगहरु समेत फैल्याउँछ ।

पेटमा पर्ने जुकाको रोकथामका केहि उपायहरु यसप्रकार छन् :  

–घर वरपरको वातावरण सफा राख्ने,
–बासि सडेगलेका, झिँगा भन्केका, नपखालेको र राम्रोसँग नपाकेका खानेकुरा नखाने
– खाना खानुअघि साबुनपानीले हात राम्रोसँग धुने,
–चर्पिमा मात्र दिसापिसाब गर्ने,
–मासु पकाउँदा राम्रोसँग पाकेपछि मात्र खाने
–काँचै खाइने फलफुत तथा सलाद, तरकारीहरु राम्रोसँग पखालेर मात्र खाने,
–व्यक्तिगत सरसफाइमा ध्यान दिने,
–पानी उमालेर वा फिल्टर गरेर मात्र पिउने,
–समय समयमा दिसा परिक्षण गराइरहने,
–परिवारमा कसैलाई जुका परेको थाहा भए तुरुन्तै उपचार गराइहाल्ने

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्