केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला मन्त्री र प्रचण्डविच भेटवार्ता

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१०, अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जी. वेल्सले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेकी छन् । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा वेल्स र प्रचण्डविच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थनबारे चर्चा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा प्रचण्डले नेपालमा ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब नेपाल आर्थिक समृद्धिमा अघि बढेको जानकारी पनि गराएका छन् । भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउँदै प्रचण्डले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताइन् । वेल्सले नेपालको राजनीतिक स्थायित्वमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको भन्दै प्रचण्डको प्रशंसा समेत गरिन् ।

प्रकाशित : 26 August, 2018

प्रतिक्रिया दिनुहोस्