केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिमस्टेक सम्मेलनमा रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको सम्झौता हुने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–११, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागी बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा रक्सौल–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि द्धिपक्षीय सम्झौता हुने भएको छ। भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनमा रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको सम्झौताको फाइल तयार पारेर मन्त्रालय पठाइएको रेल विभागले जनाएको छ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आउँदैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौँ रेलमार्ग भारतीय सहयोगमा निर्माण गर्ने सम्झौता भएको थियो। रक्सौल–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन एक वर्षमा सक्ने लक्ष्य लिइएको छ।

त्यसैगरि बिमस्टेक सम्मेलनमा बिमस्टेक ७ राष्ट्रहरुबीच बिजुली आदान–प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारणलाइनको सञ्जाल निर्माण गर्नेबारे पनि समझदारी हुने भएको छ ।

हालसम्म नेपालले विद्युत् आदान–प्रदानका लागि भारत र बंगलादेशसँग मात्रै समझदारी गरेको छ । बिमस्टेक तहमा बिजुली प्रसारणलाइनको सञ्जाल निर्माण गर्नेबारे समझदारी भएमा नेपालले म्यान्मार हुँदै थाइल्याण्डसम्म पनि विद्युत बेच्नका लागि पहुँच पाउने अवस्था बन्छ ।

प्रकाशित : 27 August, 2018

प्रतिक्रिया दिनुहोस्