केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के महिनावारी गडबडि हुन्छ ? थाहा पाइराख्नुस् यसका कारणहरु :

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१३, महिलाहरुमा प्राय महिनावारीको समस्या देखिनैरहेको हुन्छ । महिनावारी हुने समय भन्दा ढिलो हुने, समय भन्दा चाँडो हुने, महिनावारीको समयमा बढि रगत बहने, पेट अत्याधिक दुख्ने जस्ता समस्याहरु आम महिलाका समस्या हुन् । यस्तो समस्या महिनावारी गराउने हार्मोनहरूको असन्तुलनका कारण हुन्छ । हार्मोनहरुको असन्तुलन खानपानको शैलीमा भर पर्ने हुन्छ । त्यसैले महिलाहरुको खानपानले गर्दा पनि उनीहरुमा महिनावारी गडबडि भइरहने हुन्छ ।

त्यसैले महिलाहरुले आफ्नो महिनावारी प्रकृयालाई नियमित बनाउन र महिनावारीको समयमा कुनै समस्या नदेखियोस भन्नाका लागी नियमित खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
विशेष गरेर कार्बोहाइड्रेटयुक्त खाना बढि सेवन गर्ने महिलाहरुको महिनावारी समय भन्दा अघि नै हुन्छ । माछा, मटर तथा गेडागुडीको सेवन गर्ने महिलाको महिनावारीमा सामान्य रुपमा गडबडी हुने गरेको पाइन्छ ।

एक अध्ययन अनुसार फलाहार तथा सागसब्जीको ज्यादा सेवन गर्ने महिलाहरुमा महिनावारी ढिलो हुने गरेको पाइएको छ । फलाहार, सागसब्जीमा एन्टीअक्सिडेनट तत्व पाइने भएकाले यसको सेवनले महिनावारी ढिलो हुने गर्छ ।

शरीरमा न्युट्रिसनको अभावका कारण पनि महिनावारी गडबड हुने गर्छ ।

बढी तनाव भयो भने महिलाको शरीरमा कोर्टिसोल र आड्रेनालिनजस्ता हर्मोन उत्सर्जन हुन्छन्, जसले निर्धारित अवधिमा प्रजनन हर्मोनलाई रिलिज हुन दिँदैन र महिनावारी गडबड हुन सक्छ । त्यसैले तनाव लिनु पनि महिनावारी गडबड हुने एउटा कारण हो ।

समय भन्दा पहिला महिनावारी हुने महिलामा मुटु तथा हड्डी सम्बन्धि समस्या हुने सम्भावना उच्च हुन्छ । त्यस्तै, जो महिलामा महिनावारी समयभन्दा ढिलो हुने गर्छ, उनीहरुमा स्तन तथा गर्भाशयको क्यान्सर हुने सम्भावना अधिक हुने गर्छ ।
काउली, हरियो साग, बेसार, नरिवलको तेल लगायतका खाद्यान्नलाई महिलाको अण्डासयको गुणस्तरीयतासित जोडेर हेरिन्छ । यसको सिधा असर अणुवंशिक कारणसित हुने गर्छ । फलस्वरुप महिनावारीमा गडबडि हुन पुग्छ ।

त्यसैले महिनावारी नियमित बनाइरहनु महिलाहरुको निम्ति अत्यन्तै जरुरी हुन्छ । यसका लागी महिलाहरुले खानपानमा विशेष ध्यान दिनुपर्छ । महिनावारी गडबडि हुने किसिमका खानपानबाट टाढा रहनु पर्छ भने महिनावारी नियमित बनाउन सहयोग गर्ने खानपानलाई विशेष प्राथमिकता दिनुपर्छ । महिनावारीलाई नियमित बनाइराख्न नियमित रुपमा व्यायाम पनि गर्नु आवश्यक हुन्छ । शरिरको वजनलाई पनि आवश्यकता भन्दा बढि र कम हुन नदिइ सन्तुलित अवस्थामा राख्नु पर्छ । पोषणयुक्त खानामा जोड दिनुपर्छ । खानपानमा ध्यान दिनु राम्रो मानिन्छ । साथै समय समयमा डाक्टरहरुको परामर्श पनि लिइराख्नु आवश्यक हुन्छ ।

महिनावारी समस्या, महिनावारी गडबडि जस्ता समस्याहरु ठूला समस्या नलागेपनि यसले महिलाको मानसिक र शारिरीक अवस्थालाई निकै तनावग्रस्थ बनाउँछ ।

महिलाहरुले यस्ता समस्याहरु प्राय गोप्य राख्छन् । जसले गर्दा उनीहरुमा मानसिक तनाव बढ्ने गर्छ । उनीहरुका यस्ता समस्याहरु घरपरिवारले नबुझि दिँदा र महिलाहरुले पनि गोप्य नै राख्दा उनीहरुमा शारिरीक समस्या त छ नै मानसिक समस्याले पनि सताउन थाल्छ । त्यसलै महिनावारी सम्बन्धी समस्याहरु एक त हुन नदिनु बुद्धिमानि हुन्छ भने अर्को तर्फ यस्ता समस्याहरु देखिएपनि गोप्य नराखि घरपरिवारसँग सल्लाह गरेर तुरुन्त उपचार प्रक्रियामा जानु पर्छ । होइन भने एउटा समस्याले अन्य धेरै समस्याहरु निम्त्यिाइ ज्यानै पनि लिन सक्छ ।

प्रकाशित : 29 August, 2018

प्रतिक्रिया दिनुहोस्