केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधिसभा समितिको निर्वाचन अनिश्चितकालका लागी फेरि स¥यो

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१५, प्रतिनिधिसभा अन्तर्गत समितिको सभापतिहरुको निर्वाचन अनिश्चितकालका लागी फेरि सरेको छ । यसअघि गत भदौ ५ गतेका लागि तोकिएको मिति सभामुख कृष्णबहादुर महराले भदौ १७ गतेका लागि सारेका थिए। हाल १७ गते हुने भनिएको निर्वाचन पनि अनिश्चि भएको हो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको विज्ञप्तिमा सभामुख महराको निर्देशनमा अर्को सूचना नभएसम्मका लागी मिति स्थगित गरिएको उल्लेख छ।

सत्तारुढ नेकपाका सांसदहरु विदेश भ्रमणमा गएपछि अघिल्लोपटक पनि मिति सारिएको थियो।त्यतिबेला सभापतिका आकांक्षीहरु चीन भ्रमणमा गएकै कारण निर्वाचन सारिएको थियो। प्रतिनिधिसभामा रहेका १० वटा विषयगत समितिले गठन भएको लामो समय पुगिसक्दा समेत नेतृत्व पाउन सकेको छैन।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्