केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नरिवलको पानी पिउनुस् ! यस्ता छन् यसका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१५, हामी नरिवल त खान्छौँ तर यसको पानी पिउने प्रचलन भने हामी कहाँ त्यति देखिँदैन् । आज भोली भने नरिवलको पानीका फाइदाहरु बुझेर हो या के आधारमा फलफुल पसलहरुमा नरिवलको पानी बेच्ने चलन मौलाउँदै आएको देखिन्छ ।

कसैले यसको प्रयोग जुस वा मिठो स्वादको लागी मात्र पनि गरेका हुन सक्छन् । तर यो मानिसहरुको स्वास्थ्यको दृष्टिकोणले निकै लाभयादक हुन्छ । अझ नरिवलको पानी पुरुषहरुको लागी भन्दा महिलाहरुको स्वास्थ्यको लागी बढि लाभदायक हुन्छ ।

कुनै पनि खानेकुराहरुको फाइदाका साथै बेफाइदा पनि हुनसक्छन् तर नरिवलको पानी एक त्यस्तो पदार्थ हो जसको सेवनले मानिसलाई कुनै पनि प्रकारको समस्या देखिन्दैन् । यसले मानव स्वास्थ्यमा केवल फाइदा मात्र पु¥याउँछ भन्ने अनुसन्धानले पनि देखाएको छ ।

नरिवलको पानीको सेवनले शरिरमा हुने फाइदाहरु यसप्रकार छन् ।

१) गर्मीमा शरिरलाई शितलता प्रदान गर्न : गर्मी भएको मौसमा नरिवल पानीको प्रयोग गर्ने हो भने यसले शरिरलाई शितलता प्रदान गर्छ । शरिरलाई शितलता दिन नरिवल पानी सबैभन्दा उपयुक्त तरल पदार्थ हो ।
२) छालामा निखरता र चम्किलोपना ल्याउन : ताजा नरिवल पानीको प्रयोग गर्नाले मानिसको छालामा चम्किलोपना ल्याउन मद्यत गर्छ । नरिवल पानीमा पाइने काइटोकिनिसयुक्त पदार्थले छालाको चाउरीपनालाई हटाउन मद्यत गर्नुको साथै छालालाई भद्दा र वृद्ध देखिनबाट समेत बचाउँछ । दिनमा दुईपटक सम्म नरिवल पानी पिउनु छालाको लागी उपयोगी हुन्छ ।

३) रोग प्रतिरोधात्मक क्षमता बृद्धीका लागिः नरिवलको पानीमा हुने पौष्टिक तत्व र भिटामिनहरू राइबोफ्लोबिन, नियासिन, थाईमिनले रोग प्रतिरोधात्मक क्षमता बृद्धीमा फाईदा पुर्याउँछ ।

४) शरिरको तौल कम गर्न : नरिवलको पानी नियमित पिउनाले शरिरमा अनावश्यक तौल वृद्धि हुन दिँदैन । नरिवल पानीले शरिरमा अनावश्यक बोसोको मात्र बढ्न नदिइ मोटो हुन नदिनुको साथै बढि भएको बोसोको मात्र घटाएर तौल कम गर्न समेत मद्यत गर्छ ।

५) मृगौलाको काम गर्ने क्षमतामा बृद्धीः यसमा पाइने मिनेरल्स, पोटासियम र म्याग्नेसियमका कारण मृगौलामा हुने समस्यालाई केहि हदसम्म कम गर्न मद्धत गर्छ । यसले पिसाबको उत्पादन र निस्कासनमा समेत फाइदा पुर्याउँछ ।
६) गर्भवती महिलाका लागी फाइदा : नरिवलको पानी कब्जियत, मुटुको समस्यार पाचन प्रणालीमा हुने समस्या निराकरणका लागि प्रयोग गर्न सकिने हुनाले यसको प्रयोगले गर्भवति महिलाहरूमा हुन सक्ने ती समस्याबाट छुटकारा पाउन मद्धत गर्छ ।

७) रक्त सञ्चार नियमित बनाउँन मद्यत : नरिवलको पानीले मानिसमा हुने रक्तसञ्चारलाई नियमित बनाउन सहयोग गर्छ । शरिरमा हुने रक्त सञ्चारलाई निर्वाध रूपले हुन दिनका लागि नरिवलको पानी फाइदाकारी हुने गर्छ । यसले सुगरको मात्रालाई समेत नियन्त्रण गर्न मद्धत गर्छ ।

प्रकाशित : 31 August, 2018

प्रतिक्रिया दिनुहोस्