केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबै नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको अह्वान

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–२२, प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवा दिवसका अवसरमा सबै नागरिकहरुलाई घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । १५औँ निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शुभकामना दिँदै नागरिकको घरदैलोमा पुगेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको जनाए ।

सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको जनाएका छन् ।

नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहनेमा उनको जोड छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक सेवा-सुविधाको लोभ नगर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले कम खर्च गर्न र काम गुणा गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाशित : 8 August, 2018

प्रतिक्रिया दिनुहोस्