केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाकिस्तानको राष्ट्रपतिमा आरिफ निर्वाचित

सहयात्रा टिभी

एजेन्सी । भदौ–२०, पाकिस्तानमा १३ औं राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रधानमन्त्री इमरान खान नेतृत्वको तेहरिक–ए– इस्लाम पार्टीका नेता आरिफ अल्भी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा जम्मा ४ सय ३० मत खसेको थियो । जम्मा खसेको मत मध्ये आरिफ अल्भीले २ सय १२ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमानले १३१ मत, पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट चुनाव लडेका एजाज अहसनले ८१ मत र ६ मत रद्द भएको बताइएको छ ।

निर्वाचनमा संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदहरुले मतदानमा भाग लिएका थिए ।

निवर्तमान राष्ट्रपनि ममनुन हुसैनको कार्यकाल आठ सेप्टेम्बरमा समाप्त हुँदैछ । पेशाले दन्तचिकित्सक ६९ बर्षिय अल्वी पीटीआइका संस्थापक सदस्य मध्यका एक हुन् । निर्वाचित राष्ट्रपति अल्भी प्रधानमन्त्री इमरान खानका निकटस्थ र पूर्व चिकित्सक समेत हुन् ।

प्रकाशित : 5 September, 2018

प्रतिक्रिया दिनुहोस्